विराटनगर । विराटनगरको बिकेभीए स्कुलका तीन जनाले विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जीपन ल्याएका छन् ।
बिहीबार प्रकाशित भएको नतिजा अनुसार बिकेभीए स्कुलका दुग्रेस खड्का, प्रियसु राउत र स्पर्श पोखरेलले चार जिपिए ल्याएका हुन् ।
तीन जना विद्यार्थीले चार जिपिए ल्याएर नेपाल प्रथम भएको बिकेभीएम स्कुलले दाबी गरेको छ । ‘चार जिपिए ल्याउने देशभरिको बिकेभीएम स्कुल पहिलो भएको अहिलेसम्म हामीले जानकारी पाएका छौँ,’ बिकेभिए स्कुलका प्रशासन प्रमुख रामहरि देवकोटाले भने, ‘उत्कृष्ट नतिजाको आधारमा हामीले नेपाल प्रथम भएको दाबी गरिएको हो ।’
बिके भीएमबाट २५७ जना विद्यार्थीले एसइई को परीक्षा दिएका थिए । परीक्षा दिएका मध्ये ९९ प्रतिशत विद्यार्थीले ३.६५ जिपिए भन्दा माथि ल्याएको उनले बताए । १११ जना विद्यार्थीले ३.२५ जिपिए, ४१ जनाले २.८५ जिपिए, ५ जनाले २।४५ जिपिए र १ जनाले २ जिपिए ल्याएर उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।