ललिता प्रकरण राम्रोसँग बुझेको छैन : एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले, आफूले ललिता निवास प्रकरणबारे आफूलाई प्रस्ट थाहा नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले, ललिता निवास प्रकरण लगायतका काण्ड आफूले राम्रोसँग नबुझेको तर्क गरेका हुन् ।

ललिता निवास प्रकरणबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने ‘ललिता निवास प्रकरणलगायत भ्रष्टाचारको काण्ड मैले राम्रो सँग बुझेको छैन । के गरिरहेको छ राम्ररी बुझेको छैन बुझ्न बाँकी छ । ’

त्यस्तै कोशी प्रदेश नामकरणको विषयमा आफ्नो पार्टीका सांसदमाथि आक्रमण भएको भन्दै असन्तुष्टि पोखे । अन्य दल आफ्नो जिम्मेवारीबाट भागेको उनको आरोप छ । ‘नामकरणको विषयमा हाम्रो मान्यहरूलाई आक्रमण भइरहेको छ भन्ने विषयमा हाम्रो ४० को संख्या छ । ’ उनले भने ‘८६ कि कतिले पास गरे,अनि काँग्रेस कहाँ गयो रु माओवादी कहाँ गयोरु जसपा कहाँ गयोरु भागे हैन सबै रु तर हाम्रो पार्टी भाग्दैन । ’

आइतबार, १७ असार, २०८०, साँझको ०६:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर