सिंघीया पुलमाथि नै पोखरी !

विराटनगर । विराटनगर महानगरपालिका र पुर्वी मोरङ जोडिएको सिंगिया खोलाको पुलमा वर्षाको कारण जलाम्ये अवस्था भएको छ ।

लगातार दुई दिन परेको वर्षाले पुलमा रहेको खाल्डोमा पानी जमेको छ । त्यही कारण आवत–जावत गर्ने सवारी साधन र पैदलयात्रीलाई समस्या परेको छ । विराटनगरको हाटखोला र कटहरी जोडिने सो पुलको अवस्था जोखिमयुक्त भएको छ । दुबै तर्फ ओहोर—दोहार गर्ने ८ देखि १२ चक्के ठूला ट्रक र कन्टेनर जस्ता सवारी साधन गुड्दा पुल भत्किन सक्ने सम्भावना छ ।

पुल करिब ७५—८० वर्ष पुरानो भएको बताउँदै स्थानीय कटहरीका सिन्धु झाले पुलबाट आवत जावत गर्न कठिन हुने गरेको बताए । कटहरीमा आईतबार र बुधबार लाग्ने बुध हटियाको दिन पुलामा धेरै जसो जाम हुने गरेको छ ।

कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरी भन्छन्, ‘उक्त पुलको मर्मत विषयमा हामीलाई कुनै प्रकारको सूचनाहरु दिइएको छैन, महानगरले नै भत्काउने र बनाउने कार्य अफैले गर्ने गरेकोले हामीलाई केही जानकारी दिँदैनन् ।’ नयाँ पुल निर्माण कार्य सुरु गरिएको भएपनि लामो समयदेखि निमार्ण कार्य ठप्प छ ।

शुक्रबार, १५ असार, २०८०, दिउँसोको ०४:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर