काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति अर्जुननरसिंह केसीले समितिमा विचाराधीन फाइल खेल्ने चेतावनी दिएका छन् ।
बुधवार सिंहदरबारमा बसेको समितिको बैठकमा उनले समितिमा हालसम्म १२१ वटा उजुरी विचाराधीन रहेको भन्दै त्यसमाथि अनुसन्धान अघि बढाउने बताए ।
‘१२१ वटा सबै फाइलहरू माननीय सदस्यहरूले पढ्नुस् । हामीलाई कसैले रोकेर रोक्न नसक्ने अधिकार हुँदा पनि हामीलाई रोक्न खोज्ने कुराप्रति हाम्रो आपत्ति छ । १२१ वटा फाइल सबै माननीयहरूमा पुगोस् भन्ने मेरो चाहना थियो, त्यो पुगेको छ, यहाँहरूले त्यसलाई अध्ययन गर्नुस्, आवश्यकता अनुसार छलफलका लागि प्रस्ताव गर्नुस् ।’
उनले समितिमा स्वतन्त्रतापूर्वक आफ्नो भूमिका निर्वाह गर्न सत्तापक्ष, प्रतिपक्ष नभई काम गर्न निर्देशन समेत दिएका छन् ।