मुख्यमन्त्री आफैंले आन्दोलनरत पक्षलाई चिढ्याइरहेको निवर्तमान मुख्यमन्त्रीको आरोप

विराटनगर । नेकपा एकीकृत समाजवादी कोशी संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहिचानको आन्दोलनलाई दमन गरेको आरोप लगाएका छन्।

प्रदेशसभाको बैठक बस्नु अगाडि विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै राईले सरकारले दमन गरेपनि यो निरन्तर गर्न नसक्ने बताए ।

यस विषयमा सरकारले र कोशीका पक्षमा सहमति जनाउने दलहरूले सोच्नुपर्ने उनले बताए ।

‘माओवादीले थप छलफल गरेको भनेको सुनेको छु,’ पूर्व मुख्यमन्त्री समेत रहेका राईले भने, ‘कांग्रेसले पनि सोच्छ होला अब ।’ आन्दोलनरत पक्षलाई सरकारले धरपकड गरेर गलत काम गरेको उनले बताए । उनले भने, ‘राणकालमा पनि यस्तो हुँदैन थियो, मुख्यमन्त्री आफैं आन्दोलनरत पक्षलाई चिड्याउन भाषण गरिरहनुभएको छ । यसबाट सरकारले दमन गरेको नै पुष्टि हुन्छ।’

आइतबार, १४ जेठ, २०८०, दिउँसोको ०२:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर