विराटनगर । नेकपा एकिकृत समाजवादीका सांसद मेटमणि चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख प्रेमकुमार राईको राजीनामा मागेका छन ।
सामाजिक संजाल फेसबुकमा स्टास्टस लेख्दै चौधरीले राईको राजीनामा मागेका हुन ।
उनले लेखेका छन ‘भुटानी शरणार्थी मुद्दामा मुछिएका अवस्थामा स्वतन्त्र छानबिनको लागि पदबाट राजिनामा दिएर बाटो खुल्ला गर्दा राम्रो हुने थियो ।उच्च पदमा पुगेको व्यक्तित्वहरुले नैतिकता देखाउनु जरुरी छ।’