विराटनगर । राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम बहमुतले पारित गरेको छ ।
मंगलवार बसेको राष्ट्रिय सभा बैठकबाट सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएपछि बहुमतले पारित भएको हो।
केही सांसदहरुले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गरेका थिए।
प्रचण्डले जवाफका क्रममा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन हुन सक्ने बताएका थिए।
‘