इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका १ का वडाअध्यक्ष बिष्णु चौधरी निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ भई उपचाररत रहेका ५३ वर्षीय चौधरीको बुधबार राति आफ्नै निवासमा निधन भएको परिवारले बताएको छ ।
चौधरीको बिहीबार गंगा जमुना मुक्ति घाटमा अन्त्येष्टि गरिएको छ । उहाँ नेपाली काङ्ग्रेस सुनसरीका पुर्वजिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधिसमेत हुनुहुन्थ्यो ।
पञ्चायत बिरोधी आन्दोलन तथा प्रजातन्त्र स्थापनाका लागि भएका जनआन्दोलनमा सक्रिय चौधरी २०४६ सालको जनआन्दोलनपछि भएको स्थानीय निकायको निर्वाचनमा हाँसपोसा ९ बाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
श्रीमती, एक छोरा र दुई छोरीका पीता चौधरीको सरल सादगीपन,राष्ट्रियता, प्रजातन्त्रप्रतिको निष्ठा तथा पाटी र जनताप्रतिको इमानलाई काँग्रेस मात्र नभएर सबै दलबाट निर्वाचित जनप्रतिनिधिले शिक्षाको रुपमा ग्रहण गर्नुपर्ने सुनसरी काँग्रेसले जनाएको छ ।