डा. भट्टराईले फेरि भने ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति’

विराटनगर । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेकोमा पुनः जोड दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आफूले निरन्तर उठाएका कुरा नमरेसम्म उठाउने भन्दै उहाँले अझै पनि देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, जनलोकपाल र राजनीतिक पार्टीलाई चुनावी खर्च राज्यद्वारा दिइनुपर्ने उल्लेख गर्नुभएको छ ।

‘पूर्व प्रमको नाताले मैले समस्या मात्र उठाएर पानीमाथिको ओभानो बन्न मिल्दैन भन्नेमा सचेत छु। अतः तिनको समाधाननिम्ति मैले निरन्तर उठाएका यी चार कुरा पूरा गरौं,’ सामाजिक संजालमा उल्लेख छ, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, जनलोकपाल, चुनावी खर्च राज्यद्वारा । यो नमरेसम्म भनिरहन्छु ! जो विचार ! ।’

दोस्रो संविधानसभाबाट जारी हालको संविधानमा तत्कालिन माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा नोट अफ डिसेन्ट उल्ल्ेख गरिएकोृ छ । त्यसबेला डाक्टर भट्टराई माओवादीका दोस्रो तहका नेता हुनुहुन्थ्यो ।

बुधबार, ०३ बैशाख, २०७७, बिहानको ११:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर