राहतमा भेदभाब गरेको भन्दै वडाध्यक्ष कुटिए

इनरुवा । इनरुवा नगरपालिकाका ८ का वडाध्यक्षमाथि स्थानीयले कुटपिट गरेका छन् ।

राहत वितरणका लागि इनरुवा ८ स्थित दलित वस्तीमा पुगेका वडाअध्यक्ष रविन्द्र मण्डललाई स्थानीयले कुटपिट गरेका हुन् ।

राहत वितरणको तयारी हुँदै गर्दा स्थानीयले वडाअध्यक्ष मण्डललाई चारैतर्फबाट घेरा हालेर कुटेका थिए । राहत वितरणमा भेदभाव गरेको भन्दै स्थानीयले उनीमाथि लाती मुक्काले हिर्काएका थिए ।

वस्तीमा हुनेखानेलेसमेत राहत मागेको भएपनि आफूले अतिविपन्नलाई मात्र राहत दिने बताएपछि केही मानिसले हातपात गरेको मण्डलको भनाइ छ । कुटपिट सुरु भएपछि प्रहरीले तत्कालै वडाअध्यक्षको सुरक्षाका लागि प्रहरी पठाएको थियो ।

सोमबार, ०१ बैशाख, २०७७, साँझको ०५:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर