नेकपा दमकद्वारा ८ लाख बढि सहयोग

दमक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दमक नगर कमिटिले नगरपालिकाद्वारा स्थापित राहत कोषमा ८ लाख रुपैयाँ सहयोग गरेको छ ।

नगरको कोषमा ३ लाख १ हजार र प्रत्येक वार्डहरुमा ५० हजार रुपैयाँ बराबरको खाद्य समाग्री सहयोग गरेको नेकपाले जनाएको छ ।

कोरोना भाईरसको जोखिमको कारण लकडाउन गर्दा विपन्न परिवारलाई खानका लागि खाद्यान्न र संक्रमणका हुनबाट बचाउने सबै क्रियाकलाप हाम्रो पार्टीको तर्फबाट सानो सहयोग पुगोस् भनेर उक्त रकम सहयोग गरेको नेकपा नगर सचिब तिर्थराज बस्नेत शंकरले जानकारी दिनुभयो । पार्टी नेता, कार्यककर्ता र शुभचिन्तकहरुबाट राहतका लागि संकलन गरिएको रकममध्येबाट दमक नगरपालिकाको कोरोना विपत् व्यवस्थापन कोष ३ लाख १ हजार र दमकका १० वटै वडामा जम्मा ५ लाख समेत जम्मा सहयोग रकम रु ८ लाख १ हजार सहयोग उपलब्ध गराएको उहाँको भनाइ छ ।

अझै पनि संक्रमण बढ्ने खतरार हेकोले सचेत रहन नगरवासीलाई आह्वान गर्दै नेकपा नगर कमिटि अध्यक्ष बोधप्रसाद घिमिरेले स्वास्थ्य उपचारमा लागि सबै तयारी गर्न नगरपालिकालाई आग्रह गर्नुभएको छ ।

बुधबार, २६ चैत, २०७६, साँझको ०६:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर