एमालेका पूर्व केन्द्रीय सदस्य धर्मराज निरौलासहित ३ सय ५७ जना नेकपा (एस)मा प्रवेश

इटहरी । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य धर्मराज निरौलासहित ३ सय ५७ जनाको जम्बो टोली नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा औपचारिक रुपमा प्रवेश गरेको छ ।

निरौलाको नेतृत्वमा सुनसरीका ६७ जना एमालेका प्रदेश कमिटी सदस्य, जिल्ला समिति र गाउँपालिका सदस्यहरु सहित नेतृत्व तहमा पुगेका एमाले नेता कार्यकर्ता माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा एसमा प्रवेश गरेका हुन् । निरौलालालाई नेकपा एसले पोलिटव्यूरो सदस्यको जिम्मेवारी समेत दिइएको छ ।

निरौलासहितका नव प्रवेशी नेता तथा कार्यकर्तालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आइतबार सुनसरीको इटहरीमा आयोजना भएको समाजवादी निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूको प्रदेश एक स्तरिय अधिवेशनमा स्वागत गरेका छन् ।

नेकपा एसमा प्रवेश गर्ने एमालेका पूर्वमुख्यमन्त्री भीम आचार्यका विश्वास पात्र मानिएका चिरन्जिवि भटराई सहितको टोलि छ । उनी तत्कालिन नेकपाको इटहरी स्थित प्रदेश कार्यालयका कार्यलय सचिव समेत थिए ।

उनी भीम आर्चायकै कारण प्रदेशको सह इन्चार्ज पनि भएका थिए । आइतबार पार्टी प्रवेश गर्ने टोलीमा धेरै जसो नेकपा एमालेका प्रदेशस्तरिय नेता तथा कार्यकर्ताहरु छन् ।

कार्यक्रममा सम्बोधन गर्दै नेता धर्मराज निरौलाले माधवकुमार लगायतका नेता पार्टीबाट बाहिरिँदा पनि एमाले अध्यक्ष ओलीलाई केहि परिवर्तन गर्न सकिन्छ कि भनेर अन्तरपार्टी संघर्षमा लागेको र त्यो असम्भव भएपछि पार्टी परित्याग गर्नुको विकल्प नरहेको स्पष्ट पारेका छन् ।

निरौलाले ओली नेतृत्वको एमाले अव भौतिकवादी नरहेको र व्यावहारिक रुपले समेत कम्युनिष्ट नरहेकोले आफुहरु कम्युनिष्ट पार्टी नेकपा एसमा समाहित हुन आईपुगेको बताए ।

कार्यक्रममा बोल्दै निरौलाले सुनसरीमा नेकपा एमालेको अधिवेशन पछि थुप्रै नेता तथा कार्यकर्ताहरु नेकपा एसमा आउने दाबी गरेका छन् ।

गत बर्षको पुष ५ गते प्रतिनिधि सभाको विघटन गर्दै ओलीले चालेको कदमबाटै आफुहरु पार्टीमा रुष्ट बनेको नेता निरौलाको भनाई थियो । “अलोकतान्त्रिक घटनाहरूमाथि छलफल गर्नुको बदला पार्टी नीति, विधि तथा पद्धति उलङ्घन गर्दै साङ्गठनिक, सैद्धान्तिक, वैचारिक, सामाजिक तथा सांस्कृतिक विचलनसहित दक्षिणपन्थी विसर्जनवादतर्फ पूर्ण रूपमा अग्रसर हुनपुग्यो । अब पुनः सही कम्युनिष्ट पार्टीकै रूपमा नेकपा (एमाले) लाई अग्रसर गराउन असम्भव भएको महसुस गरी हामीले यो पार्टी परित्याग गर्ने घोषणा गरेका छौँ,” निरौलाको नेतृत्वमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

निरौलासंगै एमाले परित्याग गरि नेकपा एसमा समाहित हुनेमा प्रदेश कमिटिका सदस्यहरु शम्भुप्रसाद आचार्य, श्याम नारायण राजधामी, सरोज बराल, किरण कार्की, गयाराम राजधामी, हिरालाल मेहता समेत छन् । यसैगरी नेपाली काँग्रस र माओवादी केन्द्रका कार्यकर्ताहरु पनि नेकपा एसमा प्रवेश गरेका थिए ।

आइतबार, १८ पुष, २०७८, रातीको १०:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर