मोरङका ८ पालिकामा एमाले नेतृत्व चयन, ५ वटामा अधिवेशन हुनै सकस (सूचीसहित)

विराटनगर । नेकपा एमालेले मोरङका ८ वटा पालिकामा नेतृत्व चयन गरेको छ । पालिकाको प्रथम अधिवेशनबाट ९ वटा स्थानीय तहमा भने अझै नेतृत्व चयन हुन नसकेको हो ।

कतिपय पालिकामा सहमतिको प्रयासस्वरुप अधिवेशन स्थगित गरिएको छ भने कतिपय पालिकामा अधिवेशन नै सुरु हुन सकेको छैन ।

एमाले मोरङले दिएको जानकारी अनुसार सुरु भएका पालिकाहरू बुढीगंगा, कानेपोखरी र बेलबारीमा सर्वसम्मतको पहल गर्ने भन्दै अधिवेशन नै स्थगित गरिएको छ । यो समाचार तयार पार्दासम्म नेतृत्वको आकांक्षी धेरै भएका कारण समिति निर्माण हुन सकेको छैन ।

यस्तै वटा पालिकामा भने निर्धारित मितिमा अधिवेशन हुनै सकेन । एमालेले कात्तिक ९ गते देशव्यापी पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो । तर, लेटाङ, उर्लाबारी, धनपालथान, सुनवर्षी र जहदा गाउँपालिकामा केही दिनका लागि अधिवेशन स्थगित भएको छ । स्थगित अधिवेशन छिटै हुने एमाले मोरङले जनाएको छ ।

हालसम्म विराटनगर महानगरपालिका, रतुवामाई, रंगेली, सुन्दरहरैचा, पथरीशनिश्चरे नगरपालिका तथा कटहरी, ग्रामथान, केराबारी र मिक्लाजुङ गाउँपालिकामा भने अधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेका छन् ।

अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु

विराटनगर महानगरपालिका

अध्यक्ष : सागर थापा
उपाध्यक्ष : शिल्पा निरौला कार्की
सचिव : रोहित कोईराला
सहसचिव : नवराज नेपाल र जयप्रकाश महतो

रतुवामाई नगरपालिका

अध्यक्ष : देवी दाहाल
उपाध्यक्ष : कृष्ण ढकाल
सचिव : नेवालाल राजवंशी
सहसचिव : हेम कार्की र हरी श्रेष्ठ

रंगेली नगरपालिका

अध्यक्ष : दलबहादुर बस्नेत
उपाध्यक्ष : जीतलाल मण्डल
सचिव : शान्तलाल खवास
सहसचिव : यशोदा खतिवडा कोइराला र कृष्णकुमार ठाकुर

सुन्दरहरैंचा नगरपालिका

अध्यक्ष : मात्रिकाबाबु ढकाल
उपाध्यक्ष : अकलदेबी चौधरी
सचिव : सन्तोष घिमिरे
सहसचिव : डिल्ली ढकाल र डिल्ली लुईटेल

पथरीशनिश्चरे नगरपालिका

अध्यक्ष : रमेश दाहाल (प्रक्रिया मिचेर कमिटी घोषणा गरिएको भन्दै केही पदाधिकारीले सपथ ग्रहणमा सहभागिता जनाएनन्)

कटहरी गाउँपालिका

अध्यक्ष : रामनारायण राजवंशी
उपाध्यक्ष : सुमनकुमार सरदार
सचिव : मनोज माझी
सहसचिव : यादव अधिकारी

ग्रामथान गाउँपालिका

अध्यक्ष : कुमार आचार्य
उपाध्यक्ष : तुलसीराम विश्वास
सचिव : सत्यनारायण माझी
सहसचिव : अरबपति गच्छदार र नविन मण्डल थारु

मिक्लाजुङ गाउँपालिका

अध्यक्ष : बुद्धिमान लिम्बू
उपाध्यक्ष : वृद्धिलाल निरौला
सचिव : नविन कार्की
सहसचिव : चन्द्र लिम्बू

केराबारी गाउँपालिका

अध्यक्ष : पूर्णबहादुर मगर
उपाध्यक्ष : राकेश राई
सचिव : भीमबहादुर कार्की
सहसचिव : सविता लिम्बू र शरण मगर

बिहिबार, ११ कार्तिक, २०७८, दिउँसोको ०४:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर