विराटनरमा इन्जिनियरहरूको विरोध

विराटनगर । नेपाल इन्जिनियर्स एशोसिएसन प्रदेश १ ले जनकपुरमा कार्यरत डिभिजनल इन्जिनियर राजेश कुशवाहालाई गरेको दुव्र्यवहारको विरोध गरेको छ ।

एशोसिएसन प्रदेश १ ले आज विराटनगरस्थित प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्रालयलाई ध्यानाकर्षण गराउनुको साथै मन्त्रालय अगाडि विरोधस्वरुप केही समय धर्ना दिएका छन् ।

विरोधमा बोल्दै इन्जियनियर्स एशोसिएसन प्रदेश १ का सभापति यशवन्त विक्रम शाह, सचिव विकास भट्टराईलगायतले घटनाको छानविन गरी दोषि उपर कारबाहीको माग गरे । कुशवाहालाई आफ्नो कार्यक्षेत्रमा कार्यरत रहेको अवस्थामा केही अराजक समूहले अत्यन्तै दुव्र्यवहार एवं अमानवीय क्रियाकलाप गरेको एशोसिएसनले जनाएको छ ।

कुशवाहलाई खानेपानीमा भ्रष्टाचार गरेको भन्दै सिके राउतले नेतृत्व गरेको राष्ट्रिय जनमत पार्टीका कार्यकर्ताले कार्यकक्षबाटै उठाएर नाङ्गै शहर घुमाएका थिए । उक्त घटनाको देशभरबाट विरोध भइरहेको छ ।

आइतबार, ०७ कार्तिक, २०७८, दिउँसोको ०४:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर