तालेबानको चौतर्फि आक्रमण र कब्जापछि अफगानी राष्ट्रपति असरफ घानीले देशै छाडे

काठमाडौं । विद्रोही संगठन तालेबानिको धम्की र चौतर्फी आक्रमणपछि अफगानिस्तानका राष्ट्रपतिले देश छोडेका छन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीलाई विद्रोही संगठन तालिवानले देश छोड्न धम्की दिएका थिए । बिबिसीका अनुसार तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेको बताइएको छ ।

पछिल्लो १० दिनमा अफगानिस्तानका धेरै शहरमाथि विद्रोही संगठन तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ । आजमात्रै विद्रोही तालिबानीहरु अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको बताइएको छ ।

आइतबार, ३१ साउन, २०७८, रातीको ०८:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर