चीनमा दैनिक डेढ करोडलाई कोरोना खोप

काठमाडौं । विश्वकै सवैभन्दा धेरै जनसंख्या भएर पनि कोरोना भाइरसलाई नियन्त्रणमा राखेको चीन सररकाले दैनिक करिब डेढ करोड नागरिकलाई कोराना भाइरसविरुद्धको खोप दिइरहेको छ ।

एक अर्ब ४३ करोडभन्दा बढि जनसंख्या रहेको चीनमा दैनिक खोप लगाउनेको संख्या १ करोड ४० लाख हाराहारी छ ।

पछिल्लो समय चीनको पूर्वी प्रान्तमा अन्हुई र उत्तरपूर्वी लियाओनिङ प्रान्तमा कोरोनाका संक्रमित देखिएसँगै चीनले आफ्नो खोप अभियानलाई तीव्रता दिएको हो । खोप केन्द्रअघि लामो लाइन देख्न सकिन्छ । अन्हुई प्रान्तको राजधानी हेफेईमा शुक्रबार ३ लाख ६० हजार डोज कोरोना खोप दिइएको थियो ।

एक करोड मानिसको जनसंख्या रहेको यो शहरमा शुक्रबार सबैभन्दा धेरै मानिसले कोरोना खोप लगाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले बताएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिले चीन दैनिक २ करोड डोज कोरोना खोप दिनसक्ने अवस्थामा छ ।

चीनले अमेरिका र अन्य पश्चिमा मुलुकभन्दा पहिला कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रण गरेको छ । उसले चीनले सबै नागिरकलाई कोरोना खोप लिन आह्वान गरिरहेको छ । कोरोनाको उद्गमस्थल मानिएको बुहानमा पनि खोप अभियान सञ्चालन भइसकेको छ ।

चीनको नेशलन हेल्थ कमिसनको तथ्यांकअनुसार शुक्रबार चीनमा एक करोड ३७ डोज कोरोना खोप दिइएको थियो । चीन आफ्ना ४० प्रतिशत मानिसहरुलाई कोरोना खोप दिने लक्ष्यनजिक देखिएको छ । आइतबारसम्म ३९ करोड ३० लाख डोज खोप चिनियाले लगाइसकेका छन् ।

आगामी वर्षसम्ममा चीनले ९० करोडदेखि एक अर्ब मानिसहरुलाई कोरोना खोप दिने अपेक्षा छ । त्यतिबेलासम्म चीनले हर्ड इम्युनिटीको विकास हुने चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख जर्ज फु गाओले बताएका छन् ।

चीनले कुनै पनि क्षेत्रमाका संक्रमितको संख्या १० भन्दा कम भएपनि निकै कडा किसिमको लकडाउन गर्दै मानिसहरुलाई क्वारेन्टिनमा राख्दै आएको छ । पछिल्लो समय केही नयाँ संक्रमित भेटिएसँगै चीनले लियाओनिङ प्रान्तस्थित यिन्कोउ सहरमा विद्यालयहरु बन्द गरेको छ भने अन्हुई प्रान्तको मानव बस्ती रहेको स्थानमा मानिसहरुलाई घरको कम्पाउण्डभन्दा बाहिर निस्कन रोक लगाइएको छ ।

विश्व स्वास्थ्य संगठनले ढिलो गरि आपतकालिन प्रयोगका लागि चीनमा निर्मित खोपलाई अनुमति दिएको थियो । तर, चीन सरकारले त्यसअघि नै करोडौं नागरिकलाई सो खोप लगाइसकेको छ । चिनियाँ खोप नागरिकको सुरक्षा, प्रभावकारिता र गुणस्तरको लागि डब्लुएचओको प्रमाणीकरण सूचीमा पर्ने विश्वकोे छैठौं खोप बनेको छ । (एजेन्सीको सहयोगमा)

 

मङ्गलबार, ०४ जेठ, २०७८, बिहानको १०:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर