विराटनगर । वैदेशिक रोजगारबाट फर्किएर पक्की घर ढलान गरेर चिटिक्क बनाउने । अनि मनपरेकी जीवन साथीसँग विहे गरेर आमाबुबाहरुसँगै सपरिवार रमाउने सपना थियो मोरङ कटहरी गाउँपालिका ७ डङटोलीका २६ वर्षे रामकुमार मुडियारीको । तर तीन बर्षपछि घर फर्कने प्रयास गर्दा पनि नपाएका रामकुमारले आफु र परिवारको सपना पुरा गर्न पाएनन् ।
वैदेशिक रोजगारको अवधि सकिएपछि घरफर्कने बेलामा लकडाउन भयो । सरकारले थपेको ६ महिना अनुज्ञापत्र (भिसा) अवधिमा पनि उनी घर फर्कन सफल भएनन् । घर फर्कन पटकपटक प्रयास गर्दापनि असफल भएका रामकुमारले विक्षिप्त अवस्थामा कम्पनीमै आत्महत्या गरेर ज्यान गुमाए । यता आजभोलि नै छोरा आइपुग्छ र अधुरो घर ढलान गरेर चिटिक्क पारेर धुमधामसँग बुहारी भित्र्याउँला भन्ने रामकुमारका बाबु वेचना झाँगड र आमा गुदनीदेवी यतिखेर छोराले बनाउन लगाएको ‘ह्वाङ्ग’ परेको अधुरो घरमा छोराको सपना सम्झँदै आसौच बारिरहेकका छन् ।
गाउँमा जम्मा १० कठ्ठा जमिन भएका बाबु बेचनले डेढलाख रुपैयाँ चर्को ब्याजमा ऋण कबोलेर छोरा रामकुमारलाई मलेसीया पठाएका थिए । मलेसियाको जोरभारस्थित आइएफसी नामको इलेक्ट्रोनिक्स कम्पनीमा मजदुरी गर्न थालेका रामले कमाएको पैसा वेलावेला घरमा पनि पठाउने गरेका थिए । छोराले पठाएको पैसाले उसको ईच्छा अनुसार ईटाको सानो घर बनाउन पनि सुरु गरेका थिए । भिसा अवधि सकेर छोरा आएपछि घर ढलान गर्ने योजना थियो ।
१५ असार २०७७ मा रामकुमारको भिसा सकिएको थियो । यसैले उनी घर फर्कने हतारमा थिए । तर कोरोना संक्रमण रोकथामका लागि लकडाउन भएपछि घर आउन पाएनन् । लकडाउने गर्दा उनको भिसा ६ महिना थपियो । तर लकडाउन अवधिमा पटक पटक उनले घर आउन गरेको प्रयत्न सफल भएन । यता बाबु बेचना र आमा गुदनीदेवी मात्र नभएर अविवाहित २० वर्षे कान्छि बहिनी प्रमीला दाजु कहिले आउलान् भनेर पर्खिबसेकी थिइन् । तर,२८ डिसेम्बर २०२० अर्थात १३ पुस २०७७ विहान ३ बजे मलेसियाबाट उनको साथीको फोन आयो, ‘रामकुमारले बस्ने कोठामा झुण्डिएर आत्महत्या गरे ।’
‘सुरुमा त हामी कसैलाई विश्वास लागेन । तर बुभ्mदाखेरी खबर सत्य रहेछ’, रामकुमारका कान्छा काका दिनुलाल मुडियारीले भने । त्यसपछि उनीहरुले मेनपावर कम्पनीलाई शव ल्याइदिन नाता प्रमाणित गरेको कागज पठाएर गुहारे । तर आर्कषण ईन्टरनेशनल प्रा.लि. नामको कम्पनीले समयमा कागज नपठाएको उनीहरुले जानकारी पाए । त्यसपछि उनीहरुले मलेसिया दुताबास गुहारे । त्यतिबेलासम्म नेपाल पठाउने शव मध्ये रामकुमारको नाम नै रहेनछ । निक्कै प्रयास गरेपछि बल्ल दुतावासले नाम टिप्यो । र, एक महिनापछि बल्ल २ माघमा भतिज रामकुमारको शव काठमाण्डांैमा आइपुग्यो । काठमाण्डौबाट शव घरमा ल्याएर ४ पुसमा बल्ल दाहसंस्कार ग¥यौं, काका दिनुलालले भने ।
१२ कक्षा पास गरेका थिए रामकुमारले । पैसा कमाएर बाबुआमालाई सुख दिउँला र आफु पनि पक्की घरमा बसेर बिहे गरौंला अनि कान्छी बहिनी प्रमिलाको पनि धुमधाम बिहे गरौंला भन्ने सपना बोकेका उनले गरिबीले गर्दानै अगाडि पढन चाहेनन् । मलेसिया गएका रामकुमार बाबु बेचना र आमा गुदनीका एक्ला छोरा थिए । रामकुमारको मृत्यू भएपछि अब उनीहरुको पुत्रबंशनै मासिएको छ । कोरोना संक्रमण रोकथामका लागि लकडाउन नभएको भए रामकुमार आफंै घर आउने थिए ।
लकडाउनपछि सरकारले पनि बिदेशमा रहेकाहरुलाई घर ल्याउन प्रभावकारी पहल गर्न सकेन । ‘सरकारले समयमै घर फर्कन पहल गरिदिएको भए भतिजको अकालमा ज्यान जाँदैनथ्यो होला’, काका बिनोद मुडियारीले भने । काकाहरुका अनुसार (घर फर्कदा रामकुमारले कति पैसा घर ल्याउन लगेका थिए त्यो पनि परिवारलाई जानकारी छैन । छोराले पठाएको पैसाले आधा बनाएको घरतिर हेर्दे रामकुमारका बाबु बेचना र आमा गुदनीले भने, ‘लकडाउनमा सरकारले समयमै घर ल्याइदिएको भए हामी पुत्रबंशबिहीन हुने थिएनांै ।’