घरमै पुगेर ह्वील चेयर वितरण गर्दै नगरप्रमुख सुवेदी

बेलबारी । मोरङको बेलबारी नग।पालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले अपांगता भएका ब्यक्तिहरुलाई घर घरमै पुगेर सहायक सामाग्री ह्वील चेयर वितरण गरेका छन् ।

बिहीबार बेलबारी मेयर सवेदीले बेलबारी ८ का पदम बिष्ट र बेलबारी ३ का पदम श्रेष्ठलाई घरमै पुगेर ह्वील चेयर वितरण गरेका हुन् ।

बेलबारी–८ को रणपाल आधारभूत विद्यालयमा विष्ट शिक्षक हुन् । उनी श्रीमती अस्मिता विष्टको साहरामा बिद्यालयमा जाने आउने जाने गर्छन् । एउटा पुरानो भइसेको ह्वील चेयर विग्रनलागेको बेला नगरप्रमुख आफैंले खोज्दै आएर नयाँ दिएकोले राहत भएको श्रीमति अस्मिताले बताउनुभयो ।

ह्वीलचेयरमै बसेर विभिन्न काठका सामाग्रीहरु बनाउँदै आएका बेलबारी ३ का ५४ वर्षीय श्रेष्ठलाई पनि केहि समयम अघि नगर प्रमुख सुवेदीले घरमै पुगेर केहि उपकरणहरु बितरण गर्नुभएको थिषे । मोटर ड्रिल मेसिन, भ्याक्सो मेसिन, प्लेञ्जो मेसिन लगायतका उपकरण पाएका उनले ह्वील चेयरसमेत पाएपछि खुसी व्यक्त गरेका छन् ।

रोटीमेकर, ऐनाहरू, हातेपंखा, मदानी, तराजु, मोवाइल स्टेनलगायतका सामाग्रीहरु बनाउने उनले अपांगता भएपनि आफ्नो परिवारको साहरा बनिरहेका छन् । अपांगता भएका ब्यक्तिहरुलाई भित्रबाहिर गर्न सजिलो होस् भनेर बितरण ती सामान वितरण गरिएको नगर प्रमुख सुवेदीले बताउनुभयो ।

बिहिबार, २९ असोज, २०७७, साँझको ०७:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर