आर्थिक मामिलामन्त्रीसँग सचिवको कार्यसम्पादन सम्झौता

विराटगर । प्रदेश नं. १ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तरकुमार खत्रीले मन्त्री ईन्द्रबहादुर आङबोसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

सचिव खत्रीले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीत्र मन्त्री आङबोसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । सम्झौता अनुसार प्रदेश सरकारको निति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्थाहरुलाई सहज ढङ्गबाट सम्पन्न गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ । कार्यविभाजन र कार्यसम्पादन नियमावलीले तोकेका कार्यहरुलाई समेत उल्लेख गरेर कार्यसम्पादन सम्झौता गरिएको मन्त्रालयका सचिव खत्रीले जानकारी दिनुभयो ।

यसअघि प्रदेश सरकारका मन्त्रीहरुले मुख्यमन्त्री शेरधन राईसँग कार्यसम्पादन सम्झौता गर्नुभएको थियो । अघिल्लो आर्थिक वर्ष प्रदेश सरकारले ठुलाठुला पुर्वाधार निमार्ण गरेर तथा वैदेशिक लगानी भित्रयाएर आर्थिक वृद्धिदर दोहोर अङ्कमा पुर्‍याउने लक्ष्यका साथ बजेट निर्माण गरेकोमा कोरोना महामारीका कारण जनताको जीवनरक्षाका अहिले प्राथमिकता राखेको छ ।

अहिले पनि प्रदेश सरकारले निर्धारित लक्ष्य अनुसारका पुर्वाधार तथा विकास निमार्णका कार्यहरुसहित मुल रुपमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार र सामाजिक सुरक्षाका बिषयलाई प्रमुख प्राथमिकतामा राखेको छ । सोही अनुरुप चालु आर्थिक बर्षको बजेट कार्यान्वयनमा लैजाने प्रयास भईरहेको र कार्यसम्पादन सम्झौताले यसमा सहजता थप्ने मन्त्री आङबोले स्पष्ट पार्नुभयो ।

कोरोना भाईरसको कारणबाट समग्र अर्थतन्त्रमा परेका प्रभावलाई चिर्दै नीति तथा कार्यक्रमले निर्धारित गरेको लक्ष्यलाई भेटाउन कार्यसम्पादन सम्झौताले थप सहयोग पुर्‍याउने मन्त्री आङ्बोको बिश्लेषण रहेको छ ।

प्रदेश सरकारको कार्यलाई पारदर्शी र नतिजामुलक बनाउन कार्यसम्पादन सम्झौताको भूमिका महत्वपूर्ण रहेको जनाईएको छ ।

बुधबार, २१ असोज, २०७७, साँझको ०६:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर