भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

विराटनगर । कोरोना संक्रमणको कारण कोमामा रहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।

उनका छोरा अभिजितले मुखर्जीले निधनको पुष्टि गरेको बिबिसी हिन्दीमा उल्लेख छ । स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराष्ट्रपति मुखर्जी केही साताअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

‘ब्लड क्लट’ का कारण मुखर्जीको दिमागको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा गएका थिए । गत अगस्त १० मा उनी आफैंले ट्विटमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको घोषणा गरेका थिए ।

अस्पतालले सोमबार बिहान विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिन यता मुखर्जीको स्वास्थ्यमा गिरावट देखिएको र फोक्सोमा देखिएको इन्फेक्सनका कारण ‘सेप्टिक शक’ भएको जानकारी गराएको थियो ।

– बिबिसी हिन्दी

सोमबार, १५ भदौ, २०७७, साँझको ०६:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर