धरानमा भदौ १७ गतेसम्म लकडाउन लम्बियो

धरान । कोरोना सङ्क्रमितहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको भन्दै सुनसरीको धरान उपमहानगरपालिकामा भदौ १७ गतेसम्म लकडाउन थप्ने निर्णय भएको छ ।

धरान उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले थप ७ दिन लकडाउन जारी राख्ने निर्णय गरेको नगरप्रमुख तिलक राईले जानकारी दिनुभयो ।

लकडाउनको समयमा तरकारी, खाद्यान्न र दुग्धजन्य र अत्यावश्यक वस्तुका लागि बिहान १० बजेसम्म खुल्ला राख्ने निर्णय भएको छ । धरानमा समुदायस्तरमा कोरोना संक्रमण बढेपछि साउन २२ गतेदेखि लकडाउन जारी छ ।

बुधबार, १० भदौ, २०७७, दिउँसोको १२:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर