नागरिकता संशोद्यन विद्येयक विरुद्ध जसपाको प्रदर्शन

विराटनगर । सरकारले ल्याएको नागरिकता संशोद्यन विद्येयक तत्काल खारेजीको माग राख्दै जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ ।

सरकारले ल्याएको नागरिकता संशोद्यन विद्येयक राष्ट्रघाती भएको भन्दै पार्टीले मङ्गलबार विराटनगरमा व्यापक विरोध प्रदर्शन गरेको हो । मङ्गलबार विराटनगरस्थित संसारीमाई स्थानबाट ठूलो जनसहभागितामा निस्किएको र्‍यालीले विभेद उन्मुलन सम्बन्धि अन्तराष्ट्रिय महासन्धि लागु गर, राष्ट्रिय सार्वभौमसत्ता स्वाधिनता र स्वाभिमानको रक्षा गर तथा लैङ्गिक विभेद र असमानताको अन्त्य गर लगायतका नारा घन्काउँदै सो विद्येयक विरुद्ध असन्तुष्टि व्यक्त गरेको छ ।

विराटनगरस्थित ट्राफिक चौकमा पुगेर कोणसभामा परिणत भएको उक्त र्‍यालीलाई सम्बोधन गर्नुहुँदै तत्कालीन समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य केदार धिमालले राज्यले विगत देखिनै आदिवासी जनजाति, महिला र दलित समुदायका नागरिकमा कानुनी तवरले विभेद गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विभेदपुर्ण कानुनको विरोध नगरे, यो देशका शासकहरुले विभेदपूर्ण कानुन बनाएर शासन मात्र गर्छन ।’

त्यस्तै कोणसभामा बोल्नुहुँदै पार्टीकी केन्द्रिय सदस्य रन्जु वर्माले जनता विरुद्ध कुनै पनि किसिमको विद्येयक पास भए आगो लगाईदिने चेतावनी दिनुभयो ।

त्यसैगरि यता विद्यार्थी नेता विपुल झा र कमल पोखरेलले ओली सरकारले विगत देखी मधेशी जनता र समुदायलाई शोषण गर्दै आएको बताउनुभयो । उहाँहरुले मधेशी जनताप्रति ओली सरकारको गलत धारणा परिवर्तन गर्नैपर्ने अडान लिनुभयो ।

विरोध प्रदर्शनमा भने जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश सांसद सदस्य जयराम यादव, जिल्ला अध्यक्ष राजकुमार यादव, राजपाका पुर्व जिल्ला संयोजक मोहम्मद कादिर, तत्कालीन समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य केदार धिमाल, युवा नेता राकेश रोशन यादव र विद्यार्थी नेता कमल पोख्रेल तथा विपुल झा लगायतका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

मङ्गलबार, १६ असार, २०७७, रातीको ०९:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर