मदन जन्मजयन्तीमा वृक्षारोपण (फोटो)

विराटनगर । मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा विराटनगर–५ मा वृक्षारोपण गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर समितिको आयोजनामा विराटनगर ५ स्थित केशसिया खोला छेउको शंकरबारीको २ विगाहा जग्गा क्षेत्रमा वृक्षारोपण सुरु गरिएको हो । यस्तै विराटनगर १२ इक्राहीमा पनि २ विगाहा क्षेत्रमा वृक्षारोपण आजै सुरु गरिएको नेकपा विराटनगरका संयोजक सागर थापाले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभएको थियो । कार्यक्रमलाई संक्षिप्त मन्तव्य दिँदै राईले आधुनिक कम्य्ुनिष्ट आन्दोलनमा मदन भण्डारीले दिएको विचारकै कारण नेपालमा बहुमत प्राप्त गर्न सकेको बताउनु भयो । उहाँले कम्युष्टि पार्टीको नेतृत्वमा समृद्धिको यात्रामा देश अगाडि बढेको भन्दै यसको श्रेय पनि मदन भण्डारीलाई नै जाने दाबी गर्नुभयो ।

वृक्षारोपण सुरु गरिएको उक्त क्षेत्रमा प्रदेश सरकारले हरियाली पार्क निर्माण गर्ने योजनाका साथ ५० लाख रुपैयाँ लगानी गरेको छ । यही आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढेृको विराटनगर–५ का वडाध्यक्ष मिन आचार्यले जानकारी दिनुभयो ।

केही तस्बिरहरुः

आइतबार, १४ असार, २०७७, साँझको ०६:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर