कोरोनाबाट ४७० हजारको मृत्यु, ९० लाख संक्रमित

विश्व स्वास्थ्य सङ्गठनका अनुसार एकदैनि १ लाख ८३ हजार संक्रमित थपिए

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ७० हजार ७ सय पुगेको छ ।

वल्डोमिटरर्सको सोमबार विहान सम्मको तथ्याङ्क अनुसार संक्रमित हुनेहरुको संख्या भने ९० लाख ४६ माथि पुगेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा २३ लाख ५६ हजार संक्रमित भएका छन् । त्यहाँ १ लाख २२ हजारको मृत्यु भएको छ ।

दोस्रो नम्बरमा दक्षिण अमेरिकी मुलुक ब्राजिलमा १० लाख ८६ हजार संक्रमित भएका छन् भने ५० हजार ६ सयको मृत्यु भएको छ । यस्तै, रुसमा ५ लाख ८३ हजार ८ सय ७९ जना संक्रमित र ८ हजार १ सय १ जनाको मृत्यु भएको छ ।

भारतमा ४ लाख २६ हजारमा कोरोना पुष्टि भएको छ भने कोरोना संक्रमणबाट १३ हजार ७ सयको मृत्यु भएको छ । चौं बढी संक्रमित हुने देश बेलायतमा ३ लाख ५ हजार ८ सय ३ जना संक्रमित भएका छन् । त्यहाँ ४२ हजार ७ सय १७ को मृत्यु भएको छ ।

विश्वभर ४८ लाख ३७ हजार ९ सय ३९ जना कोरोना संक्रमणबाट निको भएका छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस सङ्क्रमणको घटनामा अहिलेसम्कै सर्वाधिक दैनिक वृद्धि भएको जनाएको छ। डब्ल्यूएचओका अनुसार विगत २४ घण्टामा एक लाख ८३ हजार सङ्क्रमित थपिएका छन्।

विगत २४ घण्टामा भारतमा १५ हजार ४१३ जनामा सङ्क्रमण पुष्टि भएको छ। यो एकै दिन वृद्धि भएको सर्वाधिक सङ्ख्या हो।

सोमबार, ०८ असार, २०७७, बिहानको ०९:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर