विराटनगर । व्यवस्थापन संकायमा अब्बल मेरिल्याण्ड कलेजले प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ।
सोमबार कलेजले औपचारिक कार्यक्रम आयोजना गरेर कक्षा ११ र १२ को त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
कक्षा ११ को व्यवस्थापन संकायतर्फ ४ जीपीए ल्याएर प्रथम हुने साईस्ता न्यौपाने, ३।९६ जीपीए ल्याएर द्वितीय हुने मिसु प्रधान तथा ३।९० जीपीए ल्याएर तृतीय हुने केशव दास, सिम्रिका शाही र सुरज पासवानलाई कलेजले नगदसहित सम्मान गरेको छ।
त्यस्तै, कक्षा ११ को विज्ञान संकायतर्फ ३।८९ जीपीए ल्याएर प्रथम हुने श्रेयान्स पौडेल, ३।८१ जीपीए ल्याएर द्वितीय हुने दीक्षित पोखरेल र ३।७९ जीपीए ल्याएर तृतीय हुन सफल ओमप्रकाश ताजपुरियालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।
कक्षा १२ को व्यवस्थापन संकायतर्फ ३।८५ जीपीए ल्याएर प्रथम हुने निरज यादव, ३।८४ जीपीए ल्याएर द्वितीय हुने किस्मत सापकोटा र ३।८२ जीपीए ल्याएर तृतीय हुने सक्षम श्रेष्ठलाई पनि कलेजतर्फबाट नगदसहित सम्मान गरिएको थियो।
विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका–७ का अध्यक्ष मधुबाबु तिवारी, कलेजका प्राचार्य लक्ष्मण ढकाल, सह–प्राचार्य प्रा।डा। पीके झा, सञ्चालक भेषराज पोखरेल, डा। मनोज गुप्ता, प्रदीप भगत, नन्दकिशोर अग्रवाल, डा। शिवनारायण यादव, पेशल पोखरेल, जयराज राजवंशीलगायतले अविर, माला, नगद र सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा दुवै संकायकाबाट प्रथम, द्वितीय र तृतीय हुने गरी ४० जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि मधुबाबु तिवारीले सफल विद्यार्थीलाई शुभकामना दिँदै सफलताको आधार मेहनत हुने बताए। लक्ष्यमा पुग्न र उज्ज्वल भविष्य बनाउन जीवनमा मेहनत आवश्यक रहेको उनको भनाइ थियो।
प्राचार्य लक्ष्मण ढकालले मेरिल्याण्ड कलेजका विद्यार्थी देशमै उत्कृष्ट हुने गरेको बताए। शिक्षक र विद्यार्थीको मेहनतका कारण कलेज ल्भउब िका उत्कृष्ट कलेजमध्ये एकका रूपमा विगत २२ वर्षदेखि स्थापित हुँदै आएको उनले बताए। ‘मेरिल्याण्ड कलेज देशमै उत्कृष्ट कलेजका रूपमा स्थापित भइसकेको छ। यसको सफलतापछि हाम्रो टिम, शिक्षक, अभिभावक र विद्यार्थीको महत्वपूर्ण भूमिका छ,’ प्राचार्य ढकालले भने।
२०६९ सालमा स्थापित मेरिल्याण्ड कलेज व्यवस्थापन संकायको कक्षा १२ को परीक्षामा चारपटक देशमै प्रथम हुन सफल भएको सञ्चालक भेषराज पोखरेलले जानकारी दिए। यो वर्षको कक्षा १२ को परीक्षामा ३।९६ जीपीए ल्याएर कलेजका राजु यादव र रिदिमा कठेत नेपाल प्रथम भएका छन्।
यस वर्षदेखि सुरु गरिएको विज्ञान संकायमा पनि शिक्षक, अभिभावक र विद्यार्थीको अथक मेहनतका कारण व्यवस्थापन संकायजस्तै उत्कृष्ट नतिजा निकाल्न सफल भएको प्राचार्य ढकालले दाबी गरेका छन् ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!