विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सन्तोष परियारले पार्टी परित्याग गरेका छन् ।

रास्वपाबाट विघटित प्रतिनिधि सभामा प्रमुख सचेतक रहेका परियारले पार्टी छाडेका हुन् ।

‘मैले रास्वपा छाडे, अब नयाँ अभियान सञ्चालन गर्छु,’ उनले भने । यसअघि निवर्तमान प्रतिनिधि सभा सांसद सुमना श्रेष्ठले पनि रास्वपा छाडेकी थिइन् ।

परियारले वामपन्थी धारको पार्टीमा सक्रिय बन्ने उद्देश्यका साथ पार्टी छाडेको बताइएको छ । उनी जनार्दन शर्माको अभियानमा सामेल हुने संभावना रहेको स्रोतले जनाएको छ ।

परियारले शुक्रबार कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएका थिए । चितवनमा हालै बसेको पार्टीको सचिवायल बैठकमा उनले महाधिवेशनको माग गरेका थिए । तर, नेतृत्वले उनको कुरा सुनुवाई गरेन ।