धरान । सुनसरीको धरानबाट प्रहरीले ११ केजी अवैध लागुऔषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको मोटरसाईकललाई धरान उपमहानगरपालिका २० कोकाहा खोला नजिक चेकजाँच गर्ने क्रममा ११ केजी गाँजासहित पक्राउ गरिएको हो ।
धनकुटाको सहिदभुमी गाउँपालिका १ का सिद्धार्थ राईलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोकाहा खोला क्षेत्रमा लागुऔषध ओसारपसार भईरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई गाँजा सहित नियन्त्रणमा लिएको थियो ।
मंगलबार साँझको समयमा चेकजाँचका क्रममा गाँजासहित प्रकाउ परेका राईका विषयमा थप अनुसन्धान भईरहेको समेत सुनसरी प्रहरीले जानकारी दिएको छ ।
