चीनले बनायो कोरोना विरुद्धको खोप

एजेन्सी । चीनमा विकास भइरहेको कोरोना भाइरसविरूद्धको खोप यस वर्षको अन्त्यसम्म बजारमा आउने भएको छ ।

चीनको मन्त्रीपरिषद्सँग जोडिएको सरकारी निकाय स्टेट काउन्सिलले यस्तो जानकारी दिएको हो।

वुहान वायोलिजिकल प्रोडक्टस् रिसर्च इन्सिट्यूट र बेइजिङ प्रोडक्ट्स रिसर्च इन्सिट्यूटले संयूक्त रूपमा विकास गरिरहेको यो खोपको चिकित्सकीय तथा मानवीय परीक्षणको २ चरण पूरा भइसकेको छ। चीन सरकारको एसेट सुपरभिजन तथा प्रसाशनिक कमिसनले खोप वर्षको अन्त्यसम्म उपलब्ध हुने घोषणा गरेको हो।

यी दुबै संस्थाहरू चीनको सरकारी स्वामित्वमा रहेको औषधि निर्माण कम्पनी सिनोफार्मसँग सम्बन्धित छन्। चिनिया सञ्चार माध्यमका अनुसार २ हजार बढी मानिसमा पहिलो दुई चरणको परीक्षण सम्पन्न भइसकेको छ।

बजारमा आउनुपूर्व तेश्रो चरणको परीक्षण हुनेछ । यो वर्षको अन्त्यसम्म वा अर्को वर्षको सुरूवातसम्म खोप बजारमा आउने घोषणा छ । खोप परीक्षणका दुई चरणबाट प्राप्त तथ्यांकले अन्य खोपको भन्दा सुरक्षा र असरका हिसाबले अझ राम्रो छ।

हाल विश्वभर सयभन्दा बढी खोपको विकास भइरहेको छ र चीनमा मात्रै ५ वटा कोरोना खोपको परीक्षण र विकास चलिरहेको छ।

आइतबार, १८ जेठ, २०७७, बिहानको ०९:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर