एजेन्सी । भारतको पश्चिम बंगाल सरकारका एक मन्त्रीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मुख्यमन्त्री ममता बेनर्जीको सरकार अग्नी सेवा मन्त्री सुजित बोसमा संक्रमण पुष्टि भएको हो।
बिहीबार राति रिपोर्ट पोजेटिभ आएपछि मन्त्री बोस होम क्वारेन्टिनमा बसेका छन् । उनकी श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
बंगालमा बिहीबार मात्रै ३ सय ४४ संक्रमित थपिएका छन् । जसमध्ये ८७ संक्रमित कोलकत्ताका छन्। शुक्रबार बिहानसम्म कुल संक्रमित ४ हजार पाँच सय ५३ छन्। जसमध्ये १ हजार ६ सय ६८ जना निको भएर घर फर्किसकेका छन्।
बंगालमा यसको संक्रमणबाट २ सय ९५ जनाले ज्यान गुमाइसकेका छन्। भारतभरी अहिलेसम्म १ लाख ६५ हजार बढि संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर ४ हजार ७ सय बढिले ज्यान गुमाएका छन् ।