लोड हुँदैछ...

मेनु

नयाँ दिल्लीमा हुने ‘एनएक्सटी समिट २०२६’ मा पूर्वमेयर रेनु दाहाल वक्ताका रूपमा आमन्त्रित

नयाँ दिल्लीमा हुने ‘एनएक्सटी समिट २०२६’ मा पूर्वमेयर रेनु दाहाल वक्ताका रूपमा आमन्त्रित

काठमाडौँ । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा सम्मानित वक्ताका रूपमा सहभागी हुने भएकी छन् ।

भारतीय संसद्‌को राज्य सभाका सांसद कार्तिकेय शर्माले दाहाललाई सो सम्मेलनका लागि निमन्त्रणा पठाएका हुन् । यो सम्मेलन आगामी मार्च १२, १३ र १४ मा नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना हुँदैछ ।

नीति, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान तथा प्रविधिका क्षेत्रका विश्वस्तरीय विचारकहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखिएको यस सम्मेलनलाई भारतको महत्त्वपूर्ण वार्षिक कार्यक्रमका रूपमा विकास गर्ने उद्देश्य लिइएको छ ।

सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । त्यस्तै, अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन सम्मानित अतिथिका रूपमा रहने आयोजकले जनाएका छन् । अन्य प्रमुख वक्ताहरूमा भारतका रेल, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री अश्विनी वैष्णव र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा. जितेन्द्र सिंह लगायतका उच्च पदस्थ व्यक्तित्वहरू रहनेछन् ।

यस अन्तर्राष्ट्रिय कुम्भमेलामा विश्वका ३० भन्दा बढी देशका सांसदहरूका साथै हार्वर्ड, एमआईटी, बर्कली, अक्सफोर्ड, क्याम्ब्रिज, एलएसई र स्ट्यानफोर्ड जस्ता विश्वका २५ उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, उपकुलपति तथा विज्ञहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

सम्मेलनकै क्रममा प्रसिद्ध भौतिकशास्त्री डा। ब्रायन ग्रीन ९कोलम्बिया विश्वविद्यालय० सँगको सहकार्यमा ‘एनएक्सटी इन साइन्स’ कार्यक्रम समेत सञ्चालन गरिनेछ ।

भरतपुर महानगरपालिकाको दुई कार्यकाल मेयरको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेकी रेनु दाहाल हाल सक्रिय राजनीतिमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds