लोड हुँदैछ...

मेनु

राष्ट्रियसभाको बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्ताको प्रस्तुत गर्दै प्रधानमन्त्री

राष्ट्रियसभाको बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्ताको प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं ।संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।

आजको बैठकमा सरकारले ुसामाजिक सञ्जाल विधेयक, २०८१ु फिर्ता लिने प्रक्रिया अगाडि बढाउने भएको छ । प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले उक्त विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुशीला कार्कीले नै ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । सो विधेयकमाथि छलफल भएपछि आजै विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत तय भएको छ ।

बैठकको अर्को कार्यसूचीमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विभिन्न प्रतिवेदनमाथि छलफल र नयाँ विधेयक पारित गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds