लोड हुँदैछ...

मेनु

बालेनको चुनाबी अभियानमा बेहोस भएका पत्रकार सिटौलाको निधन

बालेनको चुनाबी अभियानमा बेहोस भएका पत्रकार सिटौलाको निधन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन)को चुनाबी अभियानको क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।

शाहको चुनावी अभियानका क्रममा अछाम पुगेका ४५ वर्षीय सिटौला अचानक बेहोस भएपछि नेपाली सेनाको हेलोकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएका उनको आइतबार दिउँसो निधन भएको हो । कतिपयले उनको निधन शंकाष्पद रहेको बताइरहेका छन् । गत शुक्रबार उनी अछाममा बेहोस भएका थिए ।

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष रहेका सिटौलाको निधन भएको ग्राण्डी अस्पतालले विज्ञप्ति निकालेर पुष्टि गरेको हो । अस्पतालबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्थ दिइयो । चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरियो जुन पोजेटिभ थियो, जसले स्वतः श्वासप्रश्वास नभएको जनाउँछ । र उहाँको १२ः४५ बजे निधन भएको जानकारी गराउँछौं ।’

अस्पतालका अनुसार उनलाई सब–अरैक्नोइड हेमरेज भएको थियो । सिटौलाको निधनपछि अन्त्येष्टिपूर्व पोस्टमार्टम गर्न प्रहरीले परिवारलाई सुझाव दिएको छ । ग्राण्डी अस्पतालमै पुगेर प्रहरी अधिकारीहरूले परिवारलाई पोस्टमार्टम गराउन भनेका हुन् ।

अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताएको छ । डीएसपी नवराज पोखरेलले पछि कुनै कानूनी प्रक्रियामा जानुपर्ने अवस्था आयो भने पोस्टमार्टम रिपोर्ट चाहिने सुझाब दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds