लोड हुँदैछ...

मेनु

भोजपुरमा ५०० किलो गाँजासहित १० जना पक्राउ

भोजपुरमा ५०० किलो गाँजासहित १० जना पक्राउ

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ठूलो परिमाणको अवैध लागूऔषध गाँजासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठ र अन्य नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार शङ्कास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्रयाक्टरमा गन्तव्यतर्फ गइरहेका थिए । इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले ना७त ३५० नम्बरको ट्रयाक्टरलाई रोकेर जाँच गर्ने क्रममा ४३ वटा बोरामा प्याक गरिएको उक्त परिमाणको गाँजा फेला पारेको थियो ।

प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको ट्रयाक्टर पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबै अभियुक्तहरूलाई हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds