विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएलगत्तै नयाँ सरकार गठनको आह्वान भएको छ ।
मुख्यमन्त्री यादवले राजनीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बहुमत नपुग्ने देखेपछि मुख्यमन्त्री यादवले पदबाट राजीनामाको घोषणा गरेका थिए ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!