महेन्द्र मोरङबाट ‘स्ववियु परिषद् नेपाल’ को केन्द्रीय नेतृत्वमा सुदिक्ष्या उपाध्यक्षसहित ४ जना चयन

महेन्द्र मोरङबाट ‘स्ववियु परिषद् नेपाल’ को केन्द्रीय नेतृत्वमा सुदिक्ष्या उपाध्यक्षसहित ४ जना चयन

विराटनगर । स्वतन्त्र विद्यार्थी परिषद् नेपालको राष्ट्रिय महाधिवेशनबाट महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी नेताहरू विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन्। नेपाल विद्यार्थी संघको साझा संस्थाको रूपमा रहेको परिषद्को राष्ट्रिय संरचनामा महेन्द्र मोरङबाट प्रतिनिधित्व गर्ने चारैजना निर्विरोध चयन भएका हुन्।

परिषद्को केन्द्रीय महिला उपाध्यक्ष पदमा सुदिक्ष्या थापा मगर निर्विरोध निर्वाचित भएकी छन्। त्यस्तै, केन्द्रीय सदस्य पदमा अङ्कित पोखरेल मनोनित भएका छन्।

यसैगरी, कोशी प्रदेश प्रतिनिधिका रूपमा सुलभ जंग बस्नेत र मोहम्मद शाहीन पनि निर्विरोध निर्वाचित भएका छन्। निर्वाचित प्रतिनिधिहरूले अब स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालको राष्ट्रिय नेतृत्वमा रहेर विद्यार्थी हकहितका लागि काम गर्नेछन्।

स्ववियु परिषद् नेपालले गत मङ्सिर ११, १२ र १३ गते आफ्नो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो। उक्त महाधिवेशनमा नेपाल विद्यार्थी संघका तर्फबाट विभिन्न विश्वविद्यालय, आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पस र सामुदायिक क्याम्पसहरूमा निर्वाचित स्ववियु अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको प्रतिनिधिमूलक सहभागिता रहेको थियो।

सम्पन्न महाधिवेशनले संगठनको राष्ट्रिय संरचनालाई पूर्णता दिँदै भावी नीति तथा कार्यदिशा समेत तय गरेको जनाइएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्