विराटनगर । बुधबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
बुधबार नेप्से परिसूचक १३.२ अंक घटेर २६३१.१७ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ३.०३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०४ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ४८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ स्टकको ६७ हजार ४८५ पटकको कारोबारमा ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, मिथिला लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य ७ प्रतिशत बढेको छ भने बुङ्गल हाइड्रोको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ। घटेका स्टकहरुको मूल्य गिरावट दर ३ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन बन्दीपुर केबलकार एण्ड टुरिजम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ४९ लाख ७६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, यस दिन हिमालयन रि–इन्स्योरेन्सको करिब १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ ।
बजारका १३ उपसमूहमध्ये यसदिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१८ प्रतिशत घटेको छ।
बुधबारको कारोबार नै साताको अन्तिम कारोबार हो । बिहीबार उधौलीको सार्वजनिक विदा भएकोले अब शेयर बजार आइतबार मात्र खुल्नेछ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!