भ्रष्टाचार अभियोगमा क्यानका महानिर्देशक अधिकारी पक्राउ

भ्रष्टाचार अभियोगमा क्यानका महानिर्देशक अधिकारी पक्राउ

विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बुधबार अधिकारीलाई पक्राउ गरेको हो ।

उनीसहित क्यानका पूर्वमहानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बताएको छ ।

पक्राउ परेका उनीहरुलाई विशेष अदालत लगिएको छ । उनीहरुविरुद्ध मुद्दा दर्ताको प्रक्रिया अगाडि बढेको छ । प्राधिकरणले भक्तपुरको नलिन्चोकमा आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड बनाउँदा अनियमितता भएको आरोप छ । नलिन्चोकमा हेलिप्याड निर्माणको औचित्यमाथि पनि प्रश्न उठ्दै आएको छ ।

प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन नगरी हेलिप्याड निर्माण गरेको आरोप उनीहरुमाथि छ । हेलिप्याडको उद्घाटन ७ असार २०८१ मा भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्