विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका ६ होमताङमा एउटा एम्बुलेन्स दुर्घटना भएको छ ।
मंगलबार भएको दुर्घटनामा परी दुई जना घाइते भएका छन् । दुर्घटनामा एम्बुलेन्स चालक २६ वर्षे सञ्जीव राई र ५० वर्षे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन् ।
प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । बिरामीलाई होम्ताङ पुर्याएर घोडेटार फर्किने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!