धरान । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुसँग छलफल गरेकी छछन् ।
सिनेट बैठकको पूर्ण तयारी गर्न, अस्पताल र शैक्षिक अवस्था, कर्मचारीको कठिनाई बुझ्न धरान आएको बताउँदै मन्त्री गौतमले जेनजी आन्दोलनपछि सरकारले स्वास्थ्य प्रणलीकोे सुधारमा काम गरिरहेको दावी गरिन् ।
स्वास्थ्यमन्त्री प्रतिष्ठानको सहकुलपति हुन् । यसअघि सिनेटको बैठकको एजेन्डा र मिति तय गर्न पदाधिकारीहरू स्वास्थ्य मन्त्रीसँग छलफल गर्न काठमाडौँ जाने गरेका थिए । अहिले मन्त्री आफैं प्रतिष्ठान आएकी हुन् ।
मन्त्रालयले अनुगमनलाई भ्रष्टाचार न्यूनीकरण, संस्थागत सुधार र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चिततामा केन्द्रित गरेको मन्त्री गौतमले बताएकी छन् । अनुगमनमा अस्पतालको कार्यसम्पादन, वेटिङ टाइम, क्लिनिक सञ्चालन र स्रोत–साधनको प्रयोग प्रत्यक्ष मूल्याङ्कन गरिने उनको भनाइ छ ।
सरकारी अस्पतालहरूमा कर्मचारीको क्षमता र तालिम उत्कृष्ट भएपनि प्रयोगमा शून्य रहेको बताउँदै मन्त्री शर्माले व्यवस्थापन कमजोर भएको देखिएकोले प्रत्येक उपचार त्रुटिको गहिरो विश्लेषण गर्न आवश्यक रहेकोमा जोड दिएकी छन् । सरकारको अनुगमन अभियानले बिपी प्रतिष्ठानमा पनि कार्यसम्पादन सुधार, सेवा सहजता र पारदर्शिता सुनिश्चित गर्न थप
दबाब सिर्जना गर्ने अपेक्षा लिएको उनले बताईन् ।
जेन जी आन्दोलनपछि बनेको सरकारको प्राथमिकता भ्रष्टचारमुक्त देश बनाउनुपर्ने र प्रणाली सुधार गर्नुपर्ने रहेको मन्त्री गौतमले बताइन् ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!