एमालेको सरकारका मन्त्री भएकी मधेशकी राप्रपा सांसद पदमुक्त

एमालेको सरकारका मन्त्री भएकी मधेशकी राप्रपा सांसद पदमुक्त

जनकपुर । पार्टी निर्णय विपरीत नेकपा एमालेको सरकारमा मन्त्री बनेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् ।

राप्रपाको केन्द्रीय समितिको निर्णयको आधारमा मधेश प्रदेशसभाले उनलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको हो ।

प्रदेशसभाको कार्य परामर्श समितिमा भएको सहमति अनुसार उनी पदमुक्त भएकी हुन् । बुधबार मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भएकोले बिहीबार मात्रै उनको पदमुसिक्तको सूचना टाँस गर्ने सहमति छ ।

हाउस कल भएको दिन पदमुक्त गर्न नमिल्ने भएकोले बिहीबार सांसद बिच्छा बर्खास्त हुने प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ । बिच्छा कात्तिक २४ मा सरोजकुमार यादव नेतृत्वको विवादित सरकारमा मन्त्री बनेकी थिइन् ।

पार्टीले फिर्ता हुन् भने पनि अटेर गरेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । जवाफसमेत नफर्काएपछि राप्रपाले उनलाई साधारण सदस्यसमेत नरहने गरी सांसदबाट फिर्ता बोलाउन सिफरिस गरेको थियो । योसँगै विच्छाको सांसद पद गएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्