विराटनगर । प्रदेशसभाबाट विश्वासको मत पाउने आधार नदेखिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदबाट राजीनामा दिने मुडमा देखिएका छन् । उनले केही बेरपछि राजीनामा गर्न सक्ने बताइएको छ ।
बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा सम्भवत मुख्यमन्त्री यादवले राजीनामा दिनेछन् । आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री यादवले राजीनामा दिन लागेका हुन् ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज बुधबार बिहान प्रदेशसभा बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा सत्तापक्षकै सांसद अनुपस्थित हुने भएपछि बैठक दिउँसो २ बजेलाई सारिएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!