विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । हिजो पत्रकार सम्मेलन गर्दै उनले आज दिउँसो २ बजे विश्वासको मत लिने जानकारी गराएका थिए । मुख्यमन्त्रीको पत्रका आधारमा प्रदेशसभाले सूचना समेत जारी गरिसकेको छ ।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन आदेश गरेको थियो । आफूले परमादेशको पत्र हिजो दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा त्यही आधारमा विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्रसमेत पठाइसकिएको उनले बताए । अदालतको फैसलाअनुसार प्रक्रिया अघि बढ्ने र विश्वासको मत आफूले नै पाउने उनको दाबी छ । यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए । दलले बहुमतका आधारमा सरकार बनाउन आग्रह गरे पनि तत्कालीन प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
त्यसमा विवाद उत्पन्न भएपछि प्रदेश प्रमुख भण्डारीलाई संघीय सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेका थिए ।
मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्च अदालतले यसअघि पनि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!