लोड हुँदैछ...

मेनु

सभापतिमा म र शेखर दाईमध्ये एक जना उठ्छौँ : शशांक कोइराला

सभापतिमा म र शेखर दाईमध्ये एक जना उठ्छौँ : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीको आगामी १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारीबारे नेता डा. शेखर कोइरालासँग छलफल भइरहेको बताएका छन्। उनले कोइराला परिवारबाट सल्लाह गरेर दुईमध्ये एक जना सभापतिको उम्मेदवार बन्ने स्पष्ट पारेका हुन्।

आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले आफू र शेखर कोइराला दुवै जना नेतृत्वका लागि इच्छुक रहेको बताए। उनले भने, ‘‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ हुनुहुन्छ, उहाँ पनि इच्छुक हुनुहुन्छ। कुरा भइरहेको छ, दुईजनामध्ये एक जना लड्छौं।’

नेता कोइरालाले महाधिवेशनका लागि तोकिएको समय अपर्याप्त रहेको टिप्पणी गरे। महाधिवेशनको प्रक्रिया पूरा गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने भन्दै उनले पुसमा महाधिवेशन हुने सम्भावना कम रहेको बताए।
‘समय कम भयो। महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ,’ कोइरालाले भने। पार्टीले पुसमा महाधिवेशन गर्ने निर्णय गरे पनि हुन्छ या हुन्न भन्नेमा अझै टुङ्गो नलागेको उनको भनाइ छ।

यद्यपि, उनले महाधिवेशनको तयारीमा सबै जुट्नुपर्ने र नयाँ पुस्ता (जेनजी) लाई समेत समेटेर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds