खोटाङ ।नेकपा (एमाले) को यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा आयोजना हुन लागेको केन्द्रीय महाधिवेशनका लागि खोटाङबाट प्रतिनिधि छनोट प्रक्रिया विवादित बनेको छ। निर्वाचन समितिले सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएको दाबी गरे पनि जिल्लामा उक्त प्रक्रियाप्रति असन्तुष्टि देखिएको हो।
निर्वाचन समिति खोटाङले विवादका बिच १० जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको नामावली सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार खुल्ला, महिला, दलित तथा युवा क्षेत्रबाट प्रतिनिधिहरूको टुङ्गो लगाइएको हो।
सार्वजनिक नामावली अनुसार खुल्ला तर्फबाट ५ जना प्रतिनिधि चयन भएका छन्। जसमा कुमारप्रसाद आचार्य, देवविक्रम राई, पिके राई, रामप्रसाद दंगाल तथा सुरेन्द्रकुमार राई रहेका छन्।
त्यस्तै, महिला कोटाबाट कविता राई, विणादेवी राई र पुष्पकला भुजेल सर्वसम्मत चयन भएका छन्। दलित तर्फ दिपक ठटाल र युवा कोटाबाट जगत राई महाधिवेशन प्रतिनिधिमा चयन भएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले सबै प्रतिनिधि सर्वसम्मत चयन भएको घोषणा गरे पनि छनोट प्रक्रिया लोकतान्त्रिक नभएको भन्दै पार्टीभित्रैबाट विरोध र असन्तुष्टिहरू बाहिरिएका छन्।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!