विराटनगर । शिक्षामन्त्री महावीर पुनले नेकपा (एमाले) का नेता महेश बस्नेतमाथि कडा टिप्पणी गरेका छन्। बस्नेतले वर्तमान सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनाललाई लक्षित गर्दै सामाजिक सञ्जालमा आलोचनात्मक स्टाटस लेखेपछि पुनले व्यंग्यात्मक जवाफ फर्काएका हुन्।
महेश बस्नेतको फेसबुक स्टाटस शेयर गर्दै मन्त्री पुनले विगतमा बस्नेत संलग्न दलले सरकार चलाउँदा देशको अवस्था कस्तो थियो भन्नेतर्फ इङ्गित गर्दै तिखो प्रहार गरेका छन्। उनले बस्नेतलाई ‘भाइ’ सम्बोधन गर्दै आफूहरूले विगतमा राम्रो काम गरेको दाबी गरेजस्तो देखिएकोमा आश्चर्य प्रकट गरेका छन्।
‘के के न आफूहरुले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग जस्तै बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाइले ! म त हाँसेरै मर्छु कि क्या हो।’
अहिले सामाजिक सञ्जालमा मन्त्री पुनको यो ‘कमेन्ट’ भाइरल भइरहेको छ भने पक्ष र विपक्षमा बहस सुरु भएको छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!