विराटनगर । मोरङको रंगेलीमा गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने उद्देश्यले इलाका प्रशासन कार्यालय रंगेली, रंगेली नगरपालिका लगायतका कार्यालयमा आगजनी र तोडफोड गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका–३ का भुपाल भण्डारी र रुपक गौतम, रंगेली–४ का रमेश कुमार मण्डल, रंगेली–६ का रुपेश यादव, रंगेली–७ का आनन्द साह, कटहरी गाउँपालिका–२ का समीर क्षेत्री र दोर्जे प्रतिक तामाङ तथा जहदा गाउँपालिका–१ का गणपत यादव रहेका छन् ।
मोरङ जिल्ला अदालतबाट ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले गत मंसिर १५ गते आ–आफ्नो घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई हाल थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!