काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशन आगामी पुस २६, २७ र २८ गते काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको छ।
सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन कार्यतालिका पारित गर्दै आवश्यक तयारी तत्काल अघि बढाउने निर्णय गरेको हो।
बैठकले वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल माघसम्म थप गर्ने निर्णय पनि गरेको छ। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका थिए, जसलाई सर्वसम्मत समर्थन प्राप्त भयो।
महाधिवेशनअघिको आन्तरिक प्रक्रिया अनुसार पुस १५ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ। यसअघि लामो समयदेखि चलिरहेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज औपचारिक रूपमा समापन भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!