चितवन राईनोजको फुड पार्टनर मुस्ताङ राईस

चितवन राईनोजको फुड पार्टनर मुस्ताङ राईस

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टिम चितवन राईनोजले मुस्ताङ राईसलाई आधिकारिक फुड पार्टनरको रुपमा जोेडेको छ । एनपीएलको दोस्रो सिजनका लागि चितवन राईनोजले मुस्ताङ राईसलाई फुड पार्टनरको रुपमा जोेडेको हो ।

चितवन राईनोज बागमती प्रदेशको चितवन शहरलाई प्रतिनिधित्व गर्दै नेपाल प्रिमियर लिगमा सहभागी छ । चितवनबाट उत्पादन हुदै आएको मुस्ताङ राईस नेपालको प्रिमियम राईसको रुपमा स्थापित ब्राण्ड हो । चितवन राईनोजका चेयरमेन आयुश न्यौपानेले मुस्ताङ राईससँगको सहकार्यले टिमको योजना र लक्ष्यमा उत्साह थप्ने बताए ।

मुस्ताङ राईसका निर्देशक किरण न्यौपानेले चितवनको गौरव बढाउने टिमसँग जोडिन पाउनु गर्वको विषय रहेको बताए । चितवन राईनोज नेपाल प्रिमियर लिगको दोस्रो सिजनको लिग तालिकामा चौथौं स्थानमा छ । चितवनले चार खेलमा दुईमा जित, दुईमा हार सहित चार अंक जोडेर तालिकाको चौथों स्थानमा छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्