लोड हुँदैछ...

मेनु

एमाले मोरङका पूर्वसचिव रुपेश खतिवडा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

एमाले मोरङका पूर्वसचिव रुपेश खतिवडा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटी पूर्व सचिव रुपेश खतिवडा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

आज विराटनगरमा आयाेजित नेकपाको सन्देस सभामा उनी नेकपामा प्रवेश गरेका हुन् । उनलाई पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरुले स्वागत गरे ।

खतिवडाको राजनीतिक यात्रा २०४५ सालमा अनेरास्ववियुको सदस्यता प्राप्तिसँगै सुरु भएको थियो। मोरङको अरनिको मा.वि. बाट एसएलसी उत्तीर्ण गरेपछि उनी दमक बहुमुखी क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको विद्यार्थी राजनीतिमा होमिएका थिए। २०५६ देखि २०५७ सम्म अनेरास्ववियु त्रिवि कमिटी उपाध्यक्ष रहेका उनी २०६० सालमा त्रिवि स्ववियु सचिवमा निर्वाचित भएका थिए। सोही समयमा उनले अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य तथा शैक्षिक विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए।

विद्यार्थी राजनीति पछि पार्टी राजनीतिमा सक्रिय खतिवडाले २०६५ सालदेखि २०७८ सम्म एमाले मोरङ जिल्ला कमिटीको सचिवालय सदस्यका रूपमा विभिन्न जिम्मेवारी कार्यालय उपसचिव, विद्यार्थी फाँट इन्चार्ज, स्कुल विभाग प्रमुख भएका थिए । उनी २०७८ पुस १ गतेदेखि हालसम्म एमाले मोरङ जिल्ला कमिटी सचिवको जिम्मेवारीमा थिए। २०६१ माघ १९ को शाही कदमपछि प्रतिगमन विरुद्धको आन्दोलनमा उनी पटक–पटक पक्राउ परेका थिए ।

विशेष गरी २०६२ माघ २० गते कीर्तिपुरबाट पक्राउ परेका उनलाई वडा प्रहरी कार्यालय कीर्तिपुरमा ६८ दिनसम्म थुनामा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds