लोड हुँदैछ...

मेनु

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा विराटनगरमा सुरु, शीर्ष नेताहरूले सम्बोधन गर्ने

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा विराटनगरमा सुरु, शीर्ष नेताहरूले सम्बोधन गर्ने

विराटनगर । विभिन्न १५ राजनीतिक दल तथा समूह मिलेर हालै गठन भएको नेपाली कम्युनिस्ट पार्टीको कोशी प्रदेशस्तरीय ‘एकता सन्देश सभा’ विराटनगरमा सुरु भएको छ।

विराटनगरको पुरानो गुद्रीस्थित मैदानमा दिउँसो १ बजेबाट सुरु भएको सभामा झापा, मोरङ, सुनसरी र उदयपुरलगायतका जिल्लाबाट कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ।

सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेता भीम रावल, नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कात्तिक १९ गते पार्टी एकता घोषणा गरेपछि नेकपाले देशव्यापी दौडाहा अन्तर्गत आज कोशी प्रदेशमा सभा गरेको हो। यसअघि सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा सभा सम्पन्न भइसकेका छन् भने बाँकी प्रदेशमा पनि क्रमिक रूपमा मंसिर २३ गतेसम्म सभा आयोजना गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds